चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय बालकलाई असार ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले असार ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ४ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
गिरफ्तार गरिएका बालकविरूद्ध जिल्ला अदालतमा जबरजस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरी बालकलाई सुधारका लागि माइती नेपाल पशुपतिनगमा राखिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ४ गते जिल्ला अस्पताल इलाममा गरिएको छ ।