१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कालिका नगरपालिका-३ का ५१ वर्षीय कृष्णलाल शर्मालाई जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले असार ६ गते ५ वर्षकैद सजायको फैसला सुनाएको छ ।
पीडित बालिकालाई शर्माले ०७४ चैत २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत २९ गते इलाका प्रहरी कार्यालय रत्ननगरमा उजुरी दिएको थियो ।
आरोपितलाई प्रहरीले २८ गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत २९ गते भरतपुर अस्पतालमा गरिएको थियो ।