INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितद्वारा प्रहरी समक्ष आत्मसमर्पण

अपाङ्गता भएकी ३९ वर्षीया महिलालाई बलात्कारको प्रयास गरी फरार रहेको आरोप लागेका घिरिङ गाउँपालिका-४ का वडा सदस्य २३ वर्षीय शक्ति थापाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

बलात्कारको प्रयासमा पीडित पक्षको उजुरीपछि फरार रहेका थापाले असार ५ गते जिल्ला प्रहरी कार्यालय तनहुँ समक्ष स्वयम् उपस्थित भई आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुनिल मल्लले बताए ।

पीडित महिलालाई आरोपितले गत जेठ ५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले थापाको विरूद्धमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

आरोपितलाई असार ५ गते नै जिल्ला अदालतमा पेश गरी तीन दिनको म्याद लिई अनुसन्धान सुरू गरिएको डिएसपी मल्लले जानकारी दिए ।

अन्य

भिडियो