INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-६ उदयपुरका २१ वर्षीय सञ्जीवकुमार यादवलाई असार २ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दिएपछि त्रियुगा नगरपालिका घर भई छथर गाउँपालिका-१ आङदीम स्वास्थ्य चौकीमा कार्यरत अहेब यादवलाई असार २ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले जानकारी दिए ।

पीडित बालिकालाई आरोपितले असार १ गते राति यौन दुर्व्यवहार गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडित पक्षले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो