बराहक्षेत्र नगरपालिका-९ राजाबासकी ३६ वर्षीया साधना कविरथलाई अज्ञात पक्षले धारिलो हतियार प्रहार गरी असार १ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारीले बताए ।
कविरथलाई घरदेखि २ सय मिटर टाढा आफ्नै खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फ्याँकिएको अवस्थामा स्थानीयले फेला पारी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका एसपी अधिकारीले बताए ।
पती वैदेशिक रोजगारमा रहेको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका-९ राजबासमा तीन छोरी र एक छोराका साथ बस्दै आएकी साधना कविरथलाई कर्तव्य गरी हत्या गर्नेहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।