प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले जेठ ३१ गते बाल यौन दुराचारको आरोपमा एक डच नागरिकलाई सातघुम्ती स्थित एक होटलबाट गिरफ्तार गरेको छ ।
६६ वर्षीय पियाट हेन भान तेरविस्गालाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको सिआईवीका डिएसपी बुद्धिराज गुरूङले बताए । विपन्न बालकहरूलाई सहयोगको आवश्वासनमा उनी बाल यौन दुराचारमा संलग्न रहेको सिआइबीले जनाएको छ ।
उनी बसेको होटलको कोठाबाट प्रहरीले एक बालकलाई समेत उद्धार गरेको छ । उनीविरूद्ध बलात्कार मुद्दामा प्रहरीले कारबाही अघि बढाइको सिआइबीले जनाएको छ । यौन सन्तुष्टिका लागि उनले होटलमा बच्चा राखेको प्रहरीको आरोप छ ।