पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएका नेविसङ्घ र नेपाली कङ्ग्रेसका कार्यकर्तालाई जेठ ३१ गते साँझ गिरफ्तार गरेको छ ।
रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार जेठ ३१ गते साँझ नेपाली कङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घले गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ ।
सो क्रममा रामेछाप नपा-१ निवासी नेपाली कङ्ग्रेसका जिल्ला सचिव ४० वर्षीय लेखबहादुर कार्की, मन्थली नपा-३ का वडाध्यक्ष ४६ वर्षीय केशव रोका, नेविसङ्घ १ नं क्षेत्रीय सभापति धिरज खत्री, मन्थली नपा-१० का २ नं क्षेत्रीय सभापति ३५ वर्षीय विनोद कार्कीलगायत घाइते भएको नेपाली कङ्ग्रेसका जिल्ला सचिव लेखबहादुर कार्कीले बताए ।
त्यसैगरी पाँचथर जिल्ला प्रतिनिधि मङ्गल बेघाका अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएका नेविसङ्घका दुई जना कार्यकर्तालाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा नेविसङ्घका जिल्ला सचिव धनकुमार लावती र इकाई समिति पाँचथर बहुमूखी क्याम्पसका उपाध्यक्ष मोतिहाङ केरुङ रहेका छन् ।
आन्दोलनबाट बजारको सुरक्षा अवस्थामा खलल पुग्न सक्ने हुनाले आन्दोलनकारीलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।