१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिवेणी नगरपालिका-६ का २५ वर्षीय मीन मिजारलाई जेठ २८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २७ गते बलात्कार गरेको भन्दै बालिकाका आफन्तले जेठ २८ गते प्रहरीमा उजुरी दिएका छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ २८ गते जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा गरिएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।