१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-६ बसन्तपुर घर भई सोही ठाउँस्थित श्री संस्कृत माविका शिक्षक ४८ वर्षीय हरिप्रसाद कोइरालालाई जेठ २६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ २० गते दिउँसो विद्यालय भित्रै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।
पीडित पक्षले जेठ २१ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण नवलपुर प्राथमिक उपचार केन्द्रमा जेठ २१ गते गरिएको प्रहरीले जनाएको छ ।