INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट गरेको कसुरमा ५ वर्षकैदको फैसला

नौकुण्ड गाउँपालिका ५ खाल्चेतकी ३७ वर्षीया राधा ग्लान तामाङलाई कथित बोक्सीको आरोपमा ०७४ कात्तिक १ गते कुटपिट गरी दुर्व्यवहार गरेको कसुरमा दुई जनालाई जिल्ला अदालतले जेठ २७ गते ५ वर्षकैदको फैसला सुनाएको छ ।

न्यायाधीश बाबुराम सुवेदीको इजलासले घटनाका आरोपितहरू पीडितका जेठाजु ५२ वर्षीय शन्तबहादुर ग्लान तामाङ, जेठाजुका छोरा २० वर्षीय सन्तोष ग्लानलाई मुलुकी ऐनको ज्यानसम्बन्धी महल १५ बमोजिम ५ वर्षकैद फैसला सुनाएको जिल्ला अदालत रसुवाले जनाएको छ ।

पीडित महिलालाई आरोपितद्वयले ०७४ कात्तिक १ गते राति ९ः३० बजे कथित बोक्सीको आरोप लगाउँदै कोदालोको समेत प्रयाग गरी कुटपिट थिए ।

कुटपिटका कारण घाइते भएकी पीडितको उपचार काठमाडौँको बसुन्धरास्थित ग्रीनसिटी अस्पतलमा गरिएको थियो ।

पटकपटक मानिस, भैँसी र गाई बिरामी पारेको आरोप लगाउँदै पीडितलाई आरोपितद्वले दुर्व्यवहार गर्दै आएका थिए ।

घरमा ढुङ्गामुढा समेत गरी छोराले समातेर कुटपिट गरेको भनी प्रहरीमा उजुरी दिएको पीडितका पति कृष्णबहादर ग्लानले बताए । प्रहरीमा उजुरी परेपछि ०७४ कात्तिक ३ गते सन्तबहादुर र सन्तोषलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो