INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्रकारलाई घरैमा आक्रमण, घटनाका आरोपित गिरफ्तार

बेलवारी नपा-१ का निरन्तर खबर डक कममा कार्यरत ३० वर्षीय पत्रकार दिनेश गिरीमाथि जेठ १९ गते राति घारिलो हतियार प्रहार गरी आक्रमण भएको छ ।

राति करिब ८ बजेतिर गिरीको घरमै आएको ६/७ जनाको समूहले गिरीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको पत्रकार भोजराज बस्नेतले जानकारी दिए ।

टाउको तथा हातमा चोट लागेका घाइते पत्रकार गिरीको उपचार विराटनगरस्थित नोबेल अस्पतालमा भएको छ ।

इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर रामकुमार राईले घटनामा संलग्न भएको आरोपमा बेलवारी नपा-३ का ३० वर्षीय चित्र खड्का र बेलवारी नपा-१ का ४० वर्षीय विशाल थापालाई राति नै गिरफ्तार गरी अनुसन्धान गरिरहेको बताए । आक्रमणको कारणबारे केही थाहा नभएको पत्रकार बस्नेतले बताए ।

अन्य

भिडियो