INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ५ वर्ष कैदको फैसला

५४ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जेठ १७ गते हिलिहाङ गाउँपालिका–६ का ५४ वर्षीय पदमप्रसाद लावतीलाई जिल्ला अदालतले पाँच वर्ष कैदको फैसला गरेको छ ।

न्यायाधीश मनोज केसीको इजलासले कसुरदारबाट पीडितलाई थप ५० हजार रुपियाँ क्षतिपूर्ति समेत भराउन फैसला गरेको हो । फैसला अनुसार कसुरदारलाई जिल्ला कारागार चलान गरिएको अदालतका सूचना अधिकारी मोहन जवेगूले बताए ।

फरार रहेका आरोपितलाई प्रहरीले ०७४ पुस ९ गते गिरफ्तार गरी अदालतमा हाजिर गराएको थियो । अदालतको आदेश अनुसार सोही दिनबाट आरोपित पूर्पक्षका लागि कारागारमा रहेका थिए  ।

पीडित महिलालाई आरोपितले ०७१ भदौ २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले भदौ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित महिलाको स्वास्थ्य परीक्षण सोही दिन जिल्ला अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो