INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास गरेको कसुरमा २ वर्ष ६ महिना कैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका माइजोगमाई-१ का ३६ वर्षीय दिपक भट्टराईलाई जिल्ला अदालतले जेठ १७ गते २ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलासले मुलुकी ऐन जबरजस्तीकरणी महलको ५ नम्बर बमोजिम कसुरदार ठहर गर्दै सोही महलको ३(५) ले हुने सजायको आधा सजाय २ वर्ष ६ महिना कैद हुनेगरी सजाय सुनाएको अदालतका श्रेस्तेदार रविन भट्टराईले बताए ।

पीडित महिलालाई भट्टराईले ०७४ फागुन १ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले फागुन ३ गते इलाका प्रहरी कार्यालय पशुपतिनगरमा उजुरी दिएकी थिइन् ।

अन्य

भिडियो