१४ वर्षीया एक बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले जेठ १५ गते चारजना आरोपितलाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा सूर्योदय नगरपालिका-९ का १९ वर्षीय अनुप राई, २५ वर्षीय अमित राई र २५ वर्षीय रूपेन राई तथा सूर्योदय गरपालिका-३ का १८ वर्षीय सन्देश राई रहेका छन् ।
पीडित बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको जनाइएको छ । छोरीको बलात्कार गर्भ रहेको थाहा पाएपछि पीडित बालिकाकी आमाले जेठ १४ गते जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दिएकी थिइन् ।
छारे रोगले बिरामी अवस्थामै रहेकी पीडित बालिकाको उपचारका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रमेश बस्नेतले जानकारी दिए ।