INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका अरोपितविरुद्ध उजुरी दर्ता

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ०७५ जेठ ११ गते फाल्गुनन्द गाउँपालिका-१ का ६० वर्षीय रामबहादुर श्रेष्ठविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडितले दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर प्रकाशकुमार गुप्ताले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ १० गते जिल्ला अस्पतालमा गरिएको छ ।

पीडित पक्षको सूचनाका आधारमा सोही दिन आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर गुप्ताले जानकारी दिए । एक्लै भएको बेला वैशाख २३ गते आरोपितले बलात्कार गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडितले बताइन् ।

अन्य

भिडियो