INSEC Online

📅 २०८३ जेष्ठ २१

२ हजार ७ सय ३५ वर्षकैद असुल्न बाँकी

जिल्ला अदालतले फैसला गरेका मुद्दामा २ हजार ७ सय ३५ वर्ष १० महिना ११ दिन कैद फस्र्यौट असुल्न बाँकी रहेको जिल्ला अदालतल प्रशासनले जनाएको छ ।

जिल्ला अदालतका तहसीलदार नारायण सापकोटाका अनुसार ०७५ वैशाख महिनासम्मको लगत अनुसार ३ हजार २ सय ३३ वर्ष६ महिना कैद जरिवानामध्ये ४ सय ९७ वर्ष ७ महिना १९ दिन कैद फस्र्यौट असुल भएको भएको छ ।

जरिवानातर्फ हालसम्मको जम्मा लगत ३ करोड ९० लाख २१ हजार ४ सय ८३ रुपियाँ रहेकोमा २३ लाख ४१ हजार १ सय ५२ रुपियाँ ४६ पैसा फस्र्यौट भएको छ । जसमध्ये ३ करोड ६६ लाख ८० हजार ३ सय ३१ रुपियाँ ३१ पैसा जरिवाना उठ्न बाँकी रहेको जिल्ला अदालतका तहसीलदार नारायण सापकोटाले बताए ।

तहसीलदार सापकोटाका अनुसार बाँके जिल्ला भारतीय सीमासँग जोडिएकाले कैदमा बस्नु पर्ने व्यक्ति भारतमा लुकिछिपी बस्नाले पनि कैदको लगत बढी रहेको हो । यसका साथै पुराना मुद्दामा तीनपुस्ते नखुल्दा, कैद जरिवाना छल्न बसाईसराई वैदेशिक रोजगारीमा गएका कारण पनि कैद जरिवाना उठ्न बाँकी रहेको उनले बताए ।

बाँके जिल्ला अदालतले तिर्न बाँकी रहेको कैद, जरिवाना र सरकारी बिगो साउन मसान्तसम्म बुझाउन आएमा छुट हुने जनाएको छ । अदालतद्धारा जेठ ४ गते प्रकाशित सूचना अनुसार सूचना प्रकाशित भएका मितिले ५० वर्षभन्दा अघिको अन्तिम फैसला बमोजिको लगतमा ७५ प्रतिशत छुट हुने अदालतका तहसीलदार सापकोटाले जनाए ।

यसैगरी सूचना प्रकाशित भएको मितिले ३० वर्षभन्दा अघि ५० वर्षसम्मको अन्तिम फैसला बमोजिम लगतमा ५० प्रतिशत छुट हुने अदालतले जनाइएको छ । यस्तै सूचना प्रकाशित मितिले २० वर्षभन्दा अघि तीस वर्षसम्मको अन्तिम फैसला बमोजिमको लगतमा २५ प्रतिशत छुट हुनेछ ।

यसैगरी उच्च अदालत न्याय क्षेत्र समन्वय समितिले उच्च अदालतबाट भएका फैसलाको यथासिघ्र कार्यान्वयन गर्ने निर्णय भएको समितिका सदस्य अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

अन्य

भिडियो