INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

अपाङ्गता भएकी ४५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा घिरिङ गाउँपालिका-४ गड्यौलीटारका २३ वर्षीय शक्ति थापाको विरूद्धमा जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले जेठ ९ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ ५ गते बलात्कारको प्रयास गरेको पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ ।

होटल सञ्चालन गर्दै बसेकी ति महिलाको होटलमा गएका थापाले होटल भित्रै बलात्कार प्रयास गरेको पीडितले आरोप लगाएकी छन् ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ ९ गते दमौली अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम शाहले बताए । आरोपित फरार रहेको भन्दै खोजी कार्य सुरू गरिएको उनले जानकारी दिए ।

आरोपित थापा घिरिङ्ग गाउँपालिका वडा नम्बर ४ का कार्यवहाक वडा अध्यक्षसमेत हुन् । सो वडाका वडा अध्यक्ष झकबहादुर कुमालले गत वैशाख २४ गते सोही ठाउँकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी परेपछि वडा अध्यक्ष कुमाल फरार भएपछि थापाले कार्यवहाक वडाअध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

अन्य

भिडियो