INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-५ मौजा गौरीका २० वर्षीय रोशन शाहनी निशादलाई आरोपितको घरबाटै जेठ ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको थियो ।

पीडित बालिकाले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको डिएसपी पाण्डेले बताए ।

त्यसैगरी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-७ का १९ वर्षीय किशन हरिजनलाई जेठ ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ८ गते बलात्कार गरेको भनी पीडित पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा उजुरी दिएको थियो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितविरूद्ध कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ९ गते नै भिम अस्पताल भैरहवामा गरिएको डिएसपी पाण्डेले बताए ।

अन्य

भिडियो