१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-१ का ३३ वर्षीय धनबहादुर बिकलाई जेठ ७ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपतिले जेठ ६ गते यौन दुर्व्यवहार गरेको भनी पीडित पक्षले आरोपितविरूद्ध जेठ ७ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी गरेको थियो ।
पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बुटवलका सई निमबहादुर घर्तीमगरले बताए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ७ गते लुम्बिनी अञ्चल अस्पताल बुटवलमा गरिएको प्रहरीले जनाएको छ ।