INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्याका आरोपित गिरफ्तार

रुपन्देहीको बुटवलमा पतिकको कुटाइबाट पत्नीको मृत्यू भएको छ । बुटवल उपमहानगरपालिका-१५ चङ्खेपुर बस्ने ३५ वर्षीय रामु रानाले मदिरा सेवन गरी पत्नी अञ्जु रानालाई कुटपटि गर्दा उनको मृत्यू भएको सञ्चारमाध्यामले जनाएका छन् । घटना जेठ ६ गते राति भएको भए पनि प्रहरीलाई जेठ ७ गते मात्रै खबर आएको थियो ।

घटनास्थल पुग्दा २९ वर्षीया अञ्जु राना मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केशव भट्टराईले बताए ।

रामुले खाना नपकाएको भन्दै पत्नीलाई काठको दाउराले कुटपिट गरेको र सो क्रममा अञ्जुको टाउकोमा गहिरो चोट लागेपछि उनको केहिबेरमै मृत्यु भएको प्रहरीको भनाइ छ । मृतक अञ्जुका तीन सन्तान छन् । प्रहरीले रानालाई गिरफ्तार गरी अनुसन्धान सुरु गरेको छ ।

अन्य

भिडियो