१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका-५ का १८ वर्षीय रञ्जीतकुमार चौधरीलाई जेठ ६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले जेठ ५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ६ गते प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी इन्स्पेक्टर जमुना बस्नेतले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ६ गते विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा गरिएको छ ।