INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कुसुरमा ११ वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रोङ गाउँपालिका-६ का २८ वर्षीय ख्यामराज बिकलाई जिल्ला अदालतले ११ वर्षकैद सजाय हुने फैसला सुनाएको छ ।

न्यायाधीश इन्द्रकुमार चोङ्गटेन्लीको इजलाशले जेठ ६ गते बिकमाथिको मुद्दामा सुनुवाइ गर्दै जबरजस्ती करणी महलको ३(१) बमोजिम सजाय ठहर गर्दै ११ वर्षकैद र पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए ।

पीडित बालिकालाई बिकले ०७४ साउन १० गते बलात्कार गरेको भन्दै पीडित पक्षको उजुरीपछि प्रहरीले बिकलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

अन्य

भिडियो