२७ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ ४ गते काठमाडौँको शङ्करापुर नपा-५ का ३० वर्षीय सन्तोष दङ्गाललाई गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा पीडित पक्षले जेठ ४ गते उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरी अनुसन्धान सुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका इन्स्पेक्टर सुशीलकुमार पाण्डेले जानकारी दिए ।
पीडित युवतीको स्वास्थ परीक्षण जेठ ४ गते त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा भएको प्रहरीले जनाएको छ ।