३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय कडरबोनाले सुरुङ्गा नपा-२ का ४३ वर्षीय सलिम सदालाई जेठ २ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले वैशाख २३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय कडरबोनामा वैशाख २३ गते उजुरी दिएको थियो ।
प्रहरीले वैशाख २३ गते उजुरी दर्ता गरी पीडित महिलाको स्वास्थ्य परीक्षण लहान नपा-३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा सउोही दिन गराएको इलाका प्रहरी कार्यालय, कडरबोनाका इन्स्पेक्टर सुरेन्द्रकुमार श्रेष्ठले बताए ।