६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ १ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालयमा जेठ १ गते उजुरी दिएका थिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख ३१ गते गरिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत बहादुर बिकले जनाए ।