INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नपा-१२ टक्सार आयुर्वेद औषाधलय कोटडाँडामा कार्यरत ४५ वर्षीय शङ्कर साहलाई जेठ १ गते गिरफ्तार गरेको छ ।

आयुर्वेद औषधालयमा उपचार गर्न आएकी बालिकालाई आरोपितले वैशाख ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी दीपेन्द्र थारु पञ्जियारले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १ गते जिल्ला स्वास्थ्य कार्यालय भोजपुरमा गरिएको छ ।

अन्य

भिडियो