INSEC Online

📅 २०८३ जेष्ठ २१

वहुविवाह घटनाका आरोपित गिरफ्तार

हेटौँडा उपमहानगरपालिका-१२ का ३६ वर्षीय रामबहादुर थोकर र हेटौँडा उपमहानगरपालिका-१५ की २६ वर्षीया जानुका लामालाई वहुविवाह गरेको आरोपमा वैशाख २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपितद्वयले ०७४ कार्तिक २० गते विवाह गरेका थिए । विवाह गरेर थोकर दम्पति घर जाँदा उनकी जेठी पत्नी साहिली थोकरले ०७५ वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएकी थिइन् । उक्त उजुरीका आधारमा थोकर दम्पतिलाई प्रहरीले बहुविवाहको आरोपमा गिरफ्तार गरेको हो ।

अन्य

भिडियो