INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित विरूद्ध उजुरी

१४ र १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भरतपुर मनपा-१० बस्ने अधिवक्ता प्रकाश भटटराईविरूद्ध पीडित दुवै बालिकाका अभिभावकले वैशाख १७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका छन् ।

पीडितद्वयलाई आरोपितले वैशाख १७ गते यौन दुर्व्यवहार गरेकाले कानुनी कारवाहीका लागि प्रहरीकोमा उजुरी दिएको पीडित पक्षले जनाएको छ ।

पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण वैशाख १७ गते नै भरतपुर अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शिव शर्मा आचार्यले जानकारी दिए । आरोपितलाई प्रहरीले वैशाख १७ गते नै गिरफ्तार गरेको छ ।

अन्य

भिडियो