INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा ५ वर्षकैदको फैसला

तीन वर्षीया बालिकालाई बलात्कारको आरोपमा पुर्पक्षका लागि बालसुधारगृह विराटनगरमा रहेका १५ वर्षीय बालकलाई जिल्ला अदालतले वैशाख १३ गते ५ वर्षकैद र २० हजार रुपियाँ क्षतिपुर्ति भराउने गरी फैसला सुनाएको छ ।

न्यायाधीश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै यस्तो फैसला सुनाएको हो । बालकसँगै पीडितका वुवालाईसमेत अदालतले दण्डित गर्ने गरी सोही मितिमा ३ महिनाको कैद फैसला सुनाएको छ ।

अस्पतालले दिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा बलात्कार गरेको देखिएको अवश्थामा पीडितका बावुले अदालत समक्ष इन्कारी वयान दिएपछि उनलाई समेत दण्डित गरिएको अदालतका स्रेस्तेदार ऋतबहादुर पुलामी मगरले बताए । कसुरदारसँग मिलेमत्तो गरेको देखिएपछि अदालतले यस्तो फैसला गरेको हो ।

आर्थिक प्रलोभनमा परी पीडित बालिकाका बावुले अदालतसमक्ष इन्कारी वयान दिएको हुन सक्ने आशङ्का गरिएको छ । पीडित बालिकालाई आरोपित बालकले ०७४ मङ्सिर ४ गते बलात्कार गरेका थिए ।

बलात्कार गरेको दुई दिनपछि पीडित बालिका विरामी भएपछि घटना सार्वजानिका भएको हो । लगत्तै पीडित परिवारले मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय बोक्सेमा निवेदन दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ७ गते जिल्ला अस्पतालमा गरिएको थियो । पीडित पक्षको निवेदनपछि मङ्सिर ७ गते गिरफ्तारीमा परेका बालकलाई जिल्ला अदालतले पुस ३ गते पुर्पक्षका लागि बालसुधारगृह विराटनगर पठाउन आदेश दिएको थियो ।

अन्य

भिडियो