INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चिंगाड गाँउपालिका-६ का १८ वर्षीय टोपबहादुर चुनारालाई वैशाख १३ गते गिरफ्तार गरेको छ ।

आरोपित चुनारालाई इलाका प्रहरी चौकी अवलचिङ्खबाट गएको प्रहरीले आरोपितलाई घरैबाट गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

घटनाका विषयमा कसैलाई जानकारी गराए ज्यान मार्ने भनी आरोपितले धम्की दिएको पीडितले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १२ गते क्षेत्रीय अस्पताल सुर्खेतमा गरिएको छ ।

अन्य

भिडियो