INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चिंगाड गाँउपालिका-६ का १८ वर्षीय टोपबहादुर चुनाराविरूद्ध प्रहरीमा उजुरी परेको छ ।

पीडितबालिकालाई आरोपितले वैशाख १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १३ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिएको हो ।

घटना लगत्तै आरोपित फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर शङ्कर श्रेष्ठले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १२ गते क्षेत्रीय अस्पताल सुर्खेतमा गरिएको छ ।

अन्य

भिडियो