१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बर्दियाका प्रमुख ४३ वर्षीय ज्ञानमणि नेपालविरूद्ध वैशाख १० गते जिल्ला प्रहरी कार्यालय बर्दियामा उजुरी दर्ता गरिएको छ । पीडित बालिकाका अभिभावकले दिएको उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख ७ गते हिसाब सिकाउने बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीमा उजुरी दिइएको पीडित पक्षले जनाएको छ ।
यौन दुर्व्यवहार गरेको आरोपमा उजुरी दर्ता भएपछि आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी जनक भट्टराईले बताए ।