INSEC Online

📅 २०८३ जेष्ठ २१

न्यायिक समितिले गर्‍यो सबै मुद्दाको फैसला

काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा अहिलेसम्म आएका सबै मुद्दा फैसला भइसकेको राससले जनाएको छ ।

कामपाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ०७४ असारमा गठन भएको कामपाको न्यायिक समितिमा हालसम्म ६० वटा मुद्दा आएका थिए ।

आएका सबै मुद्दा फैसला भइसकेको कामपाकी उपप्रमुख श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्-“दैनिक सरदर पाँचदेखि सातवटासम्म मुद्दा आउने गरेको छ । ती सबै तत्काल फैसला हुन्छन् ।”

पतिपत्नीबिचको सम्बन्धबिच्छेद, लामो समय भाडामा बस्ने र भाडा नदिई कोठा छोड्ने, छिमेकीले बाटो मिचेको जस्ता मुद्दा आउने गरेको कामपाले जनाएको छ ।

सो समितिको संयोजकमा उपप्रमुख खड्गी, सदस्यमा वडा नम्बर ३१ का सदस्य सरोज ढकाल, वडा नम्बर १६ की दलित महिला सदस्य बबि परियार रहेका छन् ।

०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वचनपछि कामपाको न्यायिक समिति गठन भएको हो । संवैधानिक व्यवस्थाबमोजिम सो समिति गठन गरी कार्यान्वयनमा आएको हो ।

 

अन्य

भिडियो