INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनका क्रममा भागेका थुनुवा गिरफ्तार

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका एक जना थुनुवालाई प्रहरीले ०८२ पुस ७ गते गिरफ्तार गरेको छ ।

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते दमक नगरपालिका- ६ मा रहेको इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका तेह्रथुम जिल्ला लालीगुराँस नगरपालिका- ४ का २५ वर्षीय आङदावा शेर्पालाई दमक नगरपालिका- ६ बाट प्रहरीले गिरफ्तार गरेको हो ।

सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, दमकको हिरासतमा रहेको अवस्थामा शेर्पा भदौ २४ गते भागेका थिए ।

आन्दोलनका बेला इलाका प्रहरी कार्यालय, दमकबाट ३२ जना थुनुवा भागेकामा हालसम्म नौ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

आन्दोलनकारीहरुले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दा हिरासतबाट भागेका धेरै थुनुवाहरुको मिसिल जलेर नष्ट भएको थियो ।

घटनास्थलको सर्जमिन मुचुल्काको अभावमा धेरै फरार थुनुवाहरुलाई गिरफ्तार गर्न नसकिएको इलाका प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले बताउनु भएको छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो