आन्दोलनका क्रममा दमक नगरपालिका- ६ थानारोडस्थित इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका दुई जना प्रहरीले गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय, दमकमा लागूऔषध मुद्दामा अनुसन्धानका क्रममा रहेको अवस्थामा ०८२ भदौ २४ गते भागेका राहुल श्रेष्ठ र बीरबहादुर पौडेललाई प्रहरीले लागू औषधसहित गिरफ्तार गरेको हो । पौडेललाई ०८२ पुस २ गते र श्रेष्ठलाई ८२ कात्तिक ८ गते दमकबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्सालले बताउनु भयो ।
हिरासतमा लागू औषध मुद्दामा हिरासतमा रहेको अवस्थामा भदौ २४ गते फरार भएकामध्ये प्रहरीले सुशीलकुमार थापालाई पुस १ गते, ज्योति राई तामाङलाई पुस २ गते, विष्णुप्रसाद बगालेलाई मंसिर २८ गते र आशिष तामाङलाई पुस ३ गते गिरफ्तार गरेको छ ।
जेनजी आन्दोलनका क्रममा भागेका थुनुवाहरुको मिसिल आगजनीमा नष्ट हुँदा फरार भएकाहरुलाई गिरफ्तार गर्न समय लागेको डिएसपी लम्सालले बताउनु भयो ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरुले प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दा हिरासतबाट भागेका धेरै थुनुवाहरुको मिसिल जलेर नष्ट भएको थियो ।