INSEC Online

📅 २०८३ जेष्ठ २१

फरार एक जना थुनुवा गिरफ्तार 

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, बिर्तामोडबाट ०८२ भदौ २४ गते फरार भएका एक जना थुनुवालाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको छ।

अर्जुनधारा नगरपालिका -७ कमलडाँगीका  २० वर्षीय बुद्धिप्रसाद चम्लागाईलाई प्रहरीले पुस १ गते गिरफ्तार गरेको हो।

लागूऔषध मुद्दामा इलाका प्रहरी कार्यालय, बिर्तामोडको हिरासतमा रहेकाे  अवस्थामा चम्लागाई  भदौ २४ गते फरार भएका थिए ।

लुकिछिपि बसिरहेको अवस्थामा घरबाट गिरफ्तार गरिएका चम्लागाईलाई इप्रका बिर्तामोडमा राखिएको छ।

कोशी प्रदेश कार्यालय 

अन्य

भिडियो