आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय,बिर्तामोडबाट फरार भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ।
इलाका प्रहरी कार्यालय, विर्तामोडको हिरासतबाट फरार भएका २८ वर्षीय किरणकुमार राजवंशीलाई प्रहरीले ०८२ मङ्सिर २८ गते बिर्तामोड नगरपालिका-२ चैतुवारीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो।
लागूऔषधको कारोबार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, विर्तामोडको हिरासतमा रहेको अवस्थामा राजवंशी भदौ २४ गते फरार भएका थिए।