लागू औषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेको अवस्थामा प्रहरीले यातना दिएको पीडित पक्षले आरोप लगाएको छ ।
लागू औषधसहित ०८२ मङ्सिर १० गते दुहवी नगरपालिका–१० सिमरीया जगुवा चोकबाट अनुसन्धानका लागि गिरफ्तार गरिएका १६ वर्षीय गौरव झालाई इलाका प्रहरी कार्यालय, दुहवीको हिरासतमा मङ्सिर १५ गते यातना दिएको पीडित पक्षको आरोप छ ।
भारतको बिहार राज्य सुपोल थाना बलुवा बजार–५ का १६ वर्षीय गौरव झाका बुवाले मङ्सिर १८ गते इनरूवामा पत्रकार सम्मेलन गरी इलाका प्रहरी कार्यालय, दुहवीमा यातना दिएको आरोप लगाउनु भयो ।
लागू औषध कारोवारमा संलग्नता रहेको कवुल गर्न भन्दै प्रहरीले हिरासतमा यातना दिएको पीडित पक्षको आरोप छ ।
जिल्ला प्रहरी कार्यालयका एसपी केशवकुमार थेवेले प्रहरीका कुनै पनि युनिटमा हिरासतमा रहेकाहरूलाई यातना नदिएको बताउनु भएको छ ।