जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते शिवसताक्षी नगरपालिका १० स्थित इलाका प्रहरी कार्यालय, झिलेझिलेबाट फरार भएका दुई जना थुनुवालाई प्रहरीले कात्तिक ३० गते गिरफ्तार गरेको छ ।
जेनजी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट फरार भएका शिवसताक्षी नगरपालिका–४ का २९ वर्षीय राजेन्द्र ताजपुरिया र सोही ठाउँका ४० वर्षीय नन्दकिशोर शाहलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको हो ।
लागू औषध मुद्दामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय, झिलझिलेमा राखिएको अवस्थामा उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ ।