जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, अनारमनीको हिरासतबाट फरार भएका दुई जना थुनुवालाई प्रहरीले कात्तिक २७ गते गिरफ्तार गरेको छ।
जेनजी आन्दोलनका बेला फरार भएका विर्तामोड नगरपालिका-८ का ३३ वर्षीय सरोज पौडेल र सोही ठाउँका २५ वर्षीय पङ्कराज मैनालीलाई विर्तामोड बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भएको छ।