जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा वीरेन्द्रनगर नगरपालिका-१० पिपिराका २१ वर्षीय शाविर बक्सको ०८३ जेठ ३० गते बिहान मृत्यु भएको छ ।
जेठ २७ गते चोरीको आरोपमा गिरफ्तार गरिएका बक्स जेठ ३० गते बिहान ४ बजे अचेत अवस्थामा भेटिएपछि प्रहरीले उनलाई ४:३० बजे प्रदेश अस्पताल सुर्खेतमा लगेपछि बिहान ५:३० बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी ठाकुर प्रसाद पोखरेलले बताउनु भयो ।
मृतकका आफन्तजनहरुले कुनैपनि दीर्घ रोग नभएको र प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै प्रदेश अस्पताल सुर्खेतमा शवको पोष्टमार्टम गर्न दिएका छैनन् । अस्पतालको प्रारम्भिक रिपोर्ट अनुसार बक्सको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।