पर्सा कारागारमा रहेका ३८ वर्षीय कैदी अनिल महतोको उपचारको क्रममा मृत्यु भएको छ ।
सुगर र प्रेसरका रोगी महतोको स्वास्थ्य अवस्था ०८२ मङ्सिर २६ गते बिहान बिग्रिएपछि उपचारका लागि वीरगन्जको नारायणी अस्पताल लगिएको थियो । बेहोस अवस्थामा रहेका महतोलाई चिकित्सकले दिउँसो १ बजे मृत घोषणा गरेकोे कारागारका प्रमुख बाबुलाल रेग्मीले बताउनु भयो । सोहि दिन शव पोष्टमार्टम पछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।
महतो सवारी ज्यान मुद्दामा ३ वर्ष कैद भुक्तान गर्दै आएका थिए ।