INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका फरार आरोपित गिरफ्तार

म्याग्दी जिल्लाको घर भई किर्तीपुर स्थित कृषि कार्यालयमा कार्यरत २३ वर्षीया सुनमाया किसान (सार्की)लाई हत्या गरेको आरोपमा पीडितका आफन्त ४७ वर्षीय समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि काठमाडौँको चान्लाखेल एरीयबाट प्रहरीले ०८१ वैशाख १६ गते गिरफ्तार गरेको छ ।

पीडित सुनुमायाको किर्तीपुरस्थित कोठमा ०७१ असोज ३१ गते बेलुका गएका काठमाडौँको ढुङ्गे अड्डामा ज्यामी काम गरी बस्ने पीडितका दाजु समरबहादुरले बहिनी सुनमायालाई फोनमा ठूलो स्वरमा कुरा गरेको विषयमा विवाद हुँदा कुटपिट गरि हत्या गरी फरार भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय ब्युरोका प्रवक्ता डीएसपी सुरक्षा केसीले बताउनु भयो ।

गिरफ्तार भएका समरबहादुर सार्कीलाई कीर्तिपुरमा पठाइ थप अनुसन्धान गरी कारबाही थालिएको डिएसपी केसीले बताउनु भयो ।

अन्य

भिडियो