काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकै पत्नी ५० वर्षीया रुकुमाया श्रेष्ठको हत्यामा संलग्न दुई जनालाई पुस १६ गते गिरफ्तार गरी सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरी र प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोका विज्ञ डिएसपी हरीबहादुर बस्नेतको टोलीले उदयपुर चौदण्डीगडी नगरपालिका–१० का २३ वर्षीय सुमन राई र सोही वडाका किरणकुमार मगरलाई पुस १६ गते गिरफ्तार गरी सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज पौडेलले सुमन राईलाई काठमाडौँ महानगरपालिका–७ सरस्वती नगरबाट र किरणकुमार मगरलाई ललितपुर महानगरपालिका–२५ भैसेपाटीबाट गिरफ्तार गरेको बताउनु भयो । गिरफ्तारमा परेका उनीहरुलाई जिल्ला अदालतबाट १६ गते नै सात दिनको म्याद थप गरि अनुसन्धान थालिएको एसपी पौडेलले बताउनुभयो । श्रेष्ठ दम्पत्तिका कात्तिक १८ गते राती हत्या गरेको अवस्थामा घरमै शव फेला परेको डिएसपी दीपक गिरीले बताउनुभयो ।