रामेछाप नगरपालिका–७ मुगानकी ५८ वर्षीया चिनीमाया हायु ०८२ असोज ३० गते आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । प्रहरीले घटना बारेमा थप अनुसन्धानका लागि मृतकका पति ६० वर्षीय इन्द्रबहादुर हायुलाई गिरफ्तार गरेको छ ।
घरमा पति-पत्नी मात्रै बस्दै आएका थिए । मृतकको शरीरमा चोटपटकका दागहरू देखिएको र घटनामा हत्या भएको आशङ्का गरिएको प्रहरीले जनाएको छ ।
घटना बारेमा ३० गते दिउँसे प्रहरी चौकी रामेछाप डाँडामा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिनुभयो ।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव पोस्टमार्टमका लागि रामेछाप अस्पताल ल्याएको छ ।
नवराज पथिक