INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ५४ वर्षीया राममाया कँडेलको हत्या गरेको आरोपमा प्रहरीले छोरा ३० वर्षीय यमबहादुर कँडेललाई ०८२ असोज १९ गते राति गिरफ्तार गरेको छ ।

आरोपितले घरमा सुतेकी आमालाई असोज १९ गते राति खुँडा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालले बताउनु भयो ।

हत्या के कति कारणले गरिएको हो भन्ने नखुलेको र थप अनुसन्धान भइरहेको एसपी रिजालले बताउनु भयो ।

शरीर र टाउको छुट्टिने गरी हत्या गरिएकोले दुईवटा मुजुल्का तयार गरी शव पोष्टमार्टमका लागि धादिङ अस्पतालमा लगिएको छ ।

सीताराम अधिकारी

अन्य

भिडियो