घोराही उपमहानगरपालिका-१ का ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय छायादेवी चौधरीलाई गिरफ्तार गरेको छ ।
आपसी विवाद हुँदा टर्च लाइटले असोज १८ गते टाउकोमा हिर्काउदा ढाल बहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
शवको पोस्टमार्टम असोज १९ गते राप्ती स्वास्थ विज्ञान प्रतिस्ठानमा गरिएको छ ।
जयनारायण पुन