रुपन्देहीमा क्षयरोगीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कले देखाएको छ । जिल्लामा हालसम्म १ हजार ८ सय ३३ जना क्षयरोगी रहेका छन् र क्षयरोगका कारण अहिलेसम्म ५४ जनाको मृत्यु भइसकेको छ ।
नेपाल सरकारले २०३० सम्म प्रति एक लाखमा २० जना भन्दा बढीमा क्षयरोगको संक्रमण फैलिन नदिने लक्ष्य लिएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका बरिष्ठ क्षयकुष्ठ रोग अधिकृत टिकाराम अधिकारीका अनुसार सीमाक्षेत्र भएकोले पनि जिल्लामा क्षयरोगको नियन्त्रणमा समस्या भएको बताउदै हामी रोकथामका लागि सीमाक्षेत्रमा स्क्रेनिङ गर्ने र लक्षण देखिएमा खकार परीक्षण गर्ने काम गरेको बताउनुभयो ।
रुपन्देहीमा चार वर्षभन्दा कम उमेरका बालबालिका समेत क्षयरोगबाट प्रभावित रहेका छन् । जिल्लामा सबैभन्दा बढी क्षयरोगका सङ्क्रमित बिरामी बुटवल उपमहानगरपालिकामा ४ सय २५ जना र सबैभन्दा कम कोटहीमाई गाउँपालिकामा ४१ जना रहेको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमा देवी थापाले “समुदायमै खोज, निदान र उपचारको प्रणाली बलियो बनाइयो भने २०५० सम्ममा क्षयरोग अन्त्यको अवस्थामा पुर्याउने लक्ष्य रहेको बताउनु भयो।
लु्म्बिनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ठ फिजिसियन डा. नन्दु पाठकका अनुसार यो रोग ६ महिनासम्म नियमित औषधी खाए ठिक हुने भएकोले समयमै उपचारमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।