INSEC Online

📅 २०८३ जेष्ठ २१

आमहड्तालको कारण परीक्षा स्थगित हुँदा विद्यार्थीलाई समस्या !

आमहड्तालको कारण परीक्षा स्थगित हुँदा विद्यार्थीहरूलाई समस्या भएको छ । नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिको अनिश्चितकालीन शैक्षिक आमहड्तालको कारण ऐरावती गाउँपालिका भित्र अध्ययनरत कक्षा आठको ग्रेडवृद्धि पुरक परीक्षा स्थगित हुँदा विद्यार्थीहरूलाई समस्या भएको हो ।

०८१ चैत २६, २७ र २८ गते सञ्चालन हुने भनिएको पालिका स्तरीयको परीक्षा शिक्षकहरूको आन्दोलनको कारण सूचना प्रकाशित गरी स्थगित गर्न परेको ऐरावती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख यमप्रसाद शर्मा पाण्डेले बताउनु भयो । अनिवार्य विज्ञान विषयमा ३६ जना, अङ्ग्रेजी विषयमा १ सय ६० जना र गणीत विषयमा २ सय ९ जनाले ग्रेडवृद्धि पुरक परीक्षामा सहभागी हुने तयारी भए पनि शिक्षकहरूको आन्दोलनका कारण परीक्षा प्रभावित भएको र पुन पछि अर्को सुचना प्रकाशित गरी परिक्षा सञ्चालन गरिने प्रमुख पाण्डेले बताउनु भयो ।

जिल्लाका अन्य स्थानीय तहहरूमा पनि कक्षा आठको ग्रेडवृद्धि पुरक परीक्षा प्रभावित भएको स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ । नयाँ शैक्षिक सत्र सुरु हुन लाग्दै गर्दा शिक्षकहरूको आन्दोलनको कारण विद्यालयहरू बन्द हुँदा यस शैक्षिक सत्रको जिल्लाको सम्पूर्ण विद्यार्थी भर्ना अभियान, ग्रेडवृद्धि परीक्षा लगाएतका कार्यक्रम प्रभावित हुँदा बालबालिकाको शैक्षिक अधिकार हनन् भएको सरोकारवालाहरूको गुनासो रहेको छ ।

अन्य

भिडियो