INSEC Online

📅 २०८३ जेष्ठ २१

“शिक्षाको अधिकारः मानव अधिकार” भन्ने मुल नाराका साथ ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सम्पन्न

सरकारले गुणस्तरीय शिक्षासँगै स्वास्थ्य र रोजगारीलाई जोडेर योजना बनाउनु पर्ने भीमेश्वर नगरपालिकाका मेयर इश्वर नारायण मानन्धरले बताउनु भएको छ ।

चरिकोटमा “शिक्षाको अधिकारः मानव अधिकार” भन्ने मुल नाराका साथ ७४ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा निशुल्क गुणस्तरीय सार्वजनीक शिक्षा विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मानन्धरले सो कुरा बताउनु भएको हो ।

शिक्षालाई  विकासको मुल आधार मानि अहिले थुप्रै योजना बने पनि कार्यान्वयनमा चुनौती हुँदा गुणस्तरीय शिक्षामा असर परेको उहाँले उल्लेख गर्नु भयो ।

स्थानीय सरकार गुणस्तरीय शिक्षाको लागि काम गरिरहेको छ, धेरै शिक्षित व्यक्तिहरू पनि बेरोजगार रहेको बताउँदै अब शिक्षालाई स्वास्थ्य र रोजगारीसँग जोड्नु आजको आवश्यकता रहेको पनि मेयर मानन्धरले बताउनु भयो ।

कार्यक्रम  अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, सहित हुराडेक नेपाल दोलखा, नेपाल पत्रकार महासङ्घ दोलखा, मानव अधिकार एलाईन्स दोलखा, नेपाल बार एसोसिएसन दोलखा, आवाज नेपाल दोलखाको सयुक्त आयोजनामा गरिएको थियो ।

कार्यक्रममा कुटिडाँडा माध्यमीक विद्यालयका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले गुणस्तरी शिक्षाका लागि हाल भइरहेका गतिविधि, स्थानीय तहको योजना, शिक्षामा देखिएका चुनौति समस्या लगाएतका बारेमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा इन्सेक जिल्ला प्रतिनिधि तथा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष उद्धवप्रसाद पोखरेलले गुणस्तरीय शीक्षाको लागि वकालत गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले सामुदायिक र निजी विद्यालयमा हुने शिक्षाको गुणस्तरको खाडल अन्त्य गर्नु पर्ने चुनौति रहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा प्रेस काउन्सिलका केन्द्रीय सदस्य चिञ्जीवी मास्के, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रमेश खतिवडा, भीमेश्वर नगरपालिका शिक्षा शाखा प्रमुख अर्जुन कार्की, पत्रकार महाङ्सघ दोलखाका सचिव दीलबहादुर केसी लगायतले शिक्षा र मानव अधिकारलाईसँगसँगै लानु पर्नु कुरामा जोड दिनु भएको थियो ।

photo-dolakha

अन्य

भिडियो